Categories समाचार

स्वतन्त्र उम्मेदवार ढकाल आफूलाई जोगाइदिन मागे जनतासँग गुहार

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले आफूलाई जोगाइदिन भन्दै त्यहाँका जनतासँग गुहार मागेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई डडेल्धुरामा चुनाव प्रचारप्रसारमा माइकिङ गर्दै हिँड्दा रोक लगाइएको भन्दै जनता गुहार्न बाध्य भएको उनले बताएका हुन् ।

Advertisement

उनले लेखेका छन्, ‘मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’

Advertisement

केही समयअघि प्रधानमन्त्री देउवा गृह जिल्ला पुग्दा प्रतिस्पर्धी ढकाल पनि माला हातमा लिएर देउवाको स्वागतमा लाममा उभिएका थिए । तर, उनले देउवालाई माला लगाउन पाएका थिएनन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *