Categories समाचार

अनर्गल प्रचार गरेर भ्रम फैलाउने दुष्प्रयास : महानगर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नो घोषित नीति अनुसार नगर व्यवस्थित बनाउँदै जाँदा अत्ताल्लिएकाहरुले अनर्गल प्रचार गरेर भ्रम फैलाउन खोजेका छन् ।

महानगरपालिकाले नगरवासीको जनजीविकाका मुद्धामा अहिले काम गरिरहेको छ । महानगरको सरसफाई, यहाँका नागरिकको स्वास्थ्य सेवा लगायतलाई ध्यान दिँदै महानगरले काम गरिरहेको र त्यसका लागि आवश्यक जनशक्ति परिचालन गरिरहेको विषयलाई केही सञ्चारमाध्यमले अनर्गल भ्रम छर्न खोजेको महानगरले ठहर गरेको छ ।

Advertisement

महानगर सँधै नीति, विधी र पद्धती बाट निर्देशित रहेर त्यही अनुरुप चलिरहेको भए पनि विगतमा महानगरमै बसेर अनेक तरहबाट पैसा आर्जन गरेकाहरुले भ्रामक समाचार प्रकाशित गरेर महानगरको बारेमा भ्रम फैलाउन खोज्नु दिवा स्वप्न देख्नु मात्रै भएको पनि महानगरको ठम्याई छ ।

Advertisement

हिजोको दिनमा महानगरपालिकामा बसेर तलब नखाएको भन्दै अनेक तरहबाट गलत तरिकाले पैसा आर्जन गरेकाले निराधार समाचार लेखेर आज कुन हैसियतमा भ्रम फैलाउन खोजेको भन्दै यहाँका नागरिकले प्रश्न उठाएका छन् ।

वीरगञ्ज महानगरले नगरवासीलाई चुस्त सेवा प्रवाह गर्न आवश्यकता बमोजिम भर्ना गरेको कर्मचारीको विषयमा अनर्गल हौवा फैलाउन खोज्नु नागरिकलाई फेरि पनि सेवाबाट बन्चित गर्न खोज्नु भएको महानगरको ठम्याई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *