Categories राजनीति समाचार

महानगरलाई जोडेर बदनाम गर्ने द्विवेदी पत्नी तिवारीको दुष्प्रयास

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरलाई बदनाम गर्न पर्सा क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेद्वार अजय द्विवेदीकी पत्नी सुष्मा तिवारी संलग्न भएको भेटिएको छ ।

अजय द्विवेदीको समर्थनमा खोलिएको फेसबुक च्याट ग्रुपमा द्विेदी पत्नी सुष्माले अनर्गल सूचना राखेर महानगरको बदनाम गर्ने दुष्प्रयास गरेको भेटिएको हो ।

Advertisement

फेसबुक ग्रुपमा तिवारीले जसपाको कार्यक्रमका लागि महानगरपालिकाले तेल वितरण गरेको भन्दै यसलाई समाचार बनाएर भाइरल बनाउन भनेकी छिन् ।
क्षेत्र नम्वर १ मा निवर्तमान सांसद प्रदीप यादवको लोकप्रियता बढ्दै जाँदा आफू पराजित हुने देखेपछि द्विवेदी पत्नी तिवारीले यादवको समर्थन विथोल्ने मनसायले महानगरलाई जोडेर दुष्प्रचार गर्न खोजेकी हुन् ।

Advertisement

उनले ग्रुपमा गरेको कुराकानी बाहिरिएपछि तिवारीको असलियत पनि बाहिरिएको छ ।

आफ्ना श्रीमानको पक्षमा माहोल बनाउन हुँदै नभएको बनावटी कुरालाई समाचार बनाउन भन्दै ग्रुपमा जोडिएका सञ्चारकर्मीलाई उनले दबाब दिएकी थिइन् ।

वीरगञ्ज महानगरले कार्यालयको काममा बाहेक कसैलाई पनि पेट्रोल उपलब्ध नगराएको स्पष्ट पारेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *