Categories समाचार

बागीलाई काँग्रेसको कारबाही : पर्साका तीन जना सहित ७४ जना पार्टीबाट निष्कासित

वीरगन्ज । नेपाली काँग्रेसले मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक तथा समर्थक बसेका ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

काँग्रेस केन्द्रीय अनुशासन समितिले मङगलबार पर्साका काँग्रेस पूर्व जिल्ला सभापति अजय कुमार द्धिवेदी ,क्रियाशील सदस्य सुधिर पटेल , क्षेत्रीय प्रतिनिधी चन्द्र किशोर चौधरी सहित देशभरका ७४ जनालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न निर्देशन दिएको हो ।

Advertisement

द्धिवेदीले पर्सा १ को प्रतिनिधीसभा सदस्यमा , पटेलले पर्सा १ को (क) मा प्रदेशसभा सदस्यमा र चौधरीले पर्साको ३(क) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Advertisement

काँग्रेसबाट निष्कासित हुने अन्यमा बाराका महाधिवेशन प्रतिनिधी रोशन यादव, महाधिवेशन प्रतिनिधी अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि प्रभु पटेल, चितवनका केन्द्रीय सदस्य दिनेश कोइराला, सर्लाहीका अमरेश सिंह, कास्कीका महादेव गुरुङ लगायत पनि छन् ।उनिहरुको नाम काँग्रेसको साधरण सदस्यको अभिलेखबाट हटाउन पनि काँग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *