Categories समाचार

७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने

Advertisement

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ।

भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।

Advertisement

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो ।

Advertisement

भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय र चीनसँगको सिमाना सुरक्षाका लागि आठवटा ‘बोर्डर आउट पोस्टु ९बीओपी० स्थापना गरिएको छ।

सीमा क्षेत्रको सुरक्षा मजबुतीका लागि केन्द्रबाट थप सुरक्षाकर्मी पठाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।

फाइल फोटो
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *