Advertise: Advertise:
Advertise:
पर्सा । सिमानाका प्रहरी कार्यालयहरुबीच द्विपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालय विर्तामा सो वडा कार्यालय अन्तर्गतका सिमानाकाहरुको सुरक्षा लगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षा साथै स्थानियस्तरमा दुवै देशका प्रहरीहरुबीच सहयोग आदान-प्रदान, सिमा अपराध नियन्त्रण गर्ने उदेश्यले कार्यक्रम गरिएको विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।
पर्सा जिल्ला वीरगंज महानगरको मुख्य सिमा प्रहरी कार्यालयहरु र भारत विहार राज्य, रक्सौल सिमाका प्रहरी कार्यालयका प्रतिनिधिहरुविच छलफल तथा परिचय कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा मातहतका सिमा प्रहरी चौकी नगवा, इनर्वा, छपकैया, सिर्सिया, इनर्वागाँउ र भारत विहार राज्य, रक्सौल प्रहरी कार्यालयका तर्फबाट सब डिभिजिनल पुलिस अफिसर, रक्सौलका श्री चन्द्र प्रकाशको नेतृत्वमा रक्सौल, अदापुर, महुवा, हरपुर, भेलही र हरैया थानाका थाना प्रभारीहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।
