Categories राजनीति समाचार

छोरीहरूलाई विद्यालय पुग्न सहज वातावरण बनाए : मुख्यमन्त्री राउत

बीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकारले विभिन्न बाधा र अवरोधका बाबजुद पनि मधेसका जनताको पक्षमा ठोस काम गर्न सफल भएको बताउनुभएको छ ।

बीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ लक्ष्मनवा, नयाँबस्ती, भेडीयाही, भिषुवा, कृष्ण प्रणामी टोल, डिभाईन एरिया टोल लगायतका क्षेत्रमा आज स्थानीय मतदाताहरूसँग भेटघाट तथा घरदैलो कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले गरेको कामको मूल्याङ्कन जनताले गर्ने बताउनुभयो ।

Advertisement

उहाँले मधेसमा विद्यमान दाइजो प्रथाको अन्त्य गर्न छोरीलाई शिक्षा दिनुपर्ने कुरालाई जोड दिँदै बेटी पढाऊ बेटी बचाउ, छोरी बिमा कार्यक्रम लगायतका प्रभावकारी कार्यक्रमले गरिब र विपन्न वर्गका छोरीहरूलाई विद्यालय पुग्न सहज वातावरण बनाएको बताउनुभयो ।

Advertisement

मुख्यमन्त्री राउतले बीरगन्जको विकासका लागि धेरै काम गरेको हुँदा बीरगन्ज वासीले त्यसलाई नबिर्सिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *