Rato Pana
Image default
समाचार स्वास्थ्य

“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” वडा नं.१७ मा सम्पन्न, १ हजार बढीले लिए सेवा

Advertise:Advertise: Advertise:
Advertise:

वीरगन्ज । विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा सम्पन्न भएको छ ।

२०७९ कार्तिक २० गते देखि अलौमा सञ्चालन गरिएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुक्रबार सम्पन्न भएको हो । शिविरमा ६ सय ७० जना महिला सहित १ हजार १ सय २४ जनाले स्थानीयबासीले स्वास्थ्य सेवा लिएका छन् । डाक्टरहरूको सल्लाह र आवश्यकता अनुसार २ सय ४१ जनाले ल्याब , ५३ जनाले यु. एस. जी र १४ जनाले ई.सि.जी. सेवा समेत लिएका हुन ।

महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उदेश्यले सञ्चालन गरेको कार्यक्रममा बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार नि:शुल्क औषधी पनि वितरण भइरहेको अभियानमा सहभागी डाक्टर सागर गुप्ताले जानकारी गराए ।

नियमित ६ दिन चलेको कार्यक्रममा निस्वार्थ खटिएका स्थानीय राजशंकर प्रसादले गाउँघरमै आवश्यकता अनुसारको स्वास्थ्य सेवा उपलब्ध गराइदिएका मेयर सिंहको प्रसन्नसा गर्दै यस कार्यक्रममा आफू सेवा गर्न पाउदा खुसी व्यक्त गर्दै समय समयमा पुनः शिविरको आयोजना गराइदिन अनुरोध पनि गरेका थिए ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।

खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज बाताबरण रहेकोले महिलाहरू निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।  

अभियानमा वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवाल, सुमन चन्द्र ठाकुर, सुनिल कुर्मी, डाक्टर सागर गुप्ता, डाक्टर उमेश सरार्फ, डाक्टर जिन्नातुन नेसा, डाक्टर अनुभा राय, स्टाफ नर्स शोभा राय, हेल्थ असिस्टेन्ट मेघनाथ सहनी, ल्याब टेक्नेसियन जितेन्द्र प्रसाद पटेल, अरबिन्द कुश्वाहा, अहेव जितेन्द्र साह, दिलिप गुप्ता, अनमी रेखा कुमारी लगायत कार्यालय सहयोगी र नगर प्रहरीहरु रहेको अभियानमा वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अग्रवालले बताए ।

Advertise: Advertise:

Related posts

Leave a Comment