Categories समाचार

हर्क साम्पाङले ओलीलाई ‘हाउडी र गोज्याङ्ग्रा’को आरोप लगाए पछि..

वीरगन्ज । स्वतन्त्र रूपमा धरानको प्रमुख पदमा विजयी बनेका हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हाउडी र गोज्याङ्ग्रा’को आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले धरानमा शुक्रवार आयोजित चुनावी सभामा हर्क साम्पाङलाई धरानले जिताउने बेलामा आँखा नदेखेको भन्दै व्यंग्य गरेका थिए ।

‘यहाँका मेयरलाई खानेपानी भनेर कतिवटा घैला बोकुन विचरा ? कसको घरमा खानेपानी पु¥याउने ?’ ओलीले सभामा भनेका थिए, ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस् ।’

Advertisement

ओलीले नगरको बजेटले नपुग्ने भन्दै धरानको खानेपानीका लागि राष्ट्रिय बजेट चाहिने भन्दै साम्पाङप्रति कटाक्ष पनि गरेका थिए । ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन,’ ओलीले भने, ‘त्यत्रो कोसी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ? ।’

Advertisement

ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा जवाफ दिँदै धरान नगर प्रमुख साम्पाङले भने गफाडी, हाउडी र गोज्याङ्ग्रा भनेका हुन् । ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा… गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा…,’ साम्पाङले लेखेको स्टाटसमा उल्लेख छ । 

साम्पाङले केही समय अगाडि सामाजिक सञ्जालमा अर्को स्ट्याटस लेख्दै ओलीले घरघरमा ग्याँसको पाइप पुर्‍याएको पानी जहाजमा कुदाएको भन्दै व्यंग्य कसेका थिए । ‘….ग्याँसको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोसीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले ! ’ संभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *