Rato Pana
राजनीति

वडा नं.२४ मा स्वतन्त्र उम्मेद्वार सिंहकाे घरदैलाे, टीका र माला लगाएर भव्य स्वागत

वीरगञ्ज । पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले शनिबार वडा नम्बर २४ मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्वर २४ मा रहेको रामगढवा मन्दिरबाट घरदैलो अभियान सुरु भएको हो ।

स्थानीय मतदाताले विगतमा परिक्षण भइसकेकाहरुबाट आफूहरुको क्षेत्र विकास हुन नसकेको भन्दै अब स्वतन्त्रलाई मतदान गरेर विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।

घरदैलोमा पुगेका स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले फुलमाला र टीका लगाएर स्वागत गर्दै आफ्ना समस्याहरु पनि सुनाएका थिए ।

जवाफमा सिंहले आफूले यस क्षेत्रको विकास र यहाँका नागरिकको जनजीविकाका लागि दृढ संकल्प लिएर हिँडेको भन्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर लागि पर्ने समेत बताए ।

अहिले देशले नै परिवर्तन खोजिरहेको भन्दै उनले त्यसका लागि स्वतन्त्र उम्मेद्वारलाई जिताएर पठाउनु आवश्यक रहेको बताए ।
घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको छ ।

सम्वन्धित समाचार

Leave a Comment