Categories राजनीति समाचार

राष्ट्र निर्माण कार्यमा सबै पार्टी असफल भईसके : लौरो उमेदवार सरार्फ

वीरगंज । पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभार सदस्यका उम्मेदवार रहेका ओमप्रकाश सर्राफले राष्ट्र निर्माणको लागि लौरो(छडी) छापमा मतदान गर्न आग्रह गरेका छन् ।

वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा आज आयोजित घरदैलो कार्यक्रममा लौरो उम्मेदवार सर्राफले राष्ट्र निर्माण कार्यमा सबै पार्टी असफल भईसकेकोले देशैभरी जागेको परिवर्तनको लहरमा एकचोटी ‘लौरो (छडी)’ छापमा मतदान गरि आफूलाई पनि काम गर्न मौका दिने आग्रह गरेका हुन् ।

Advertisement

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी लडेको यस क्षेत्रबाट उत्साजनक युवाहरुको साथ पाउँदै कडा ठक्कर दिईरहेका लौरो उम्मेदवार सर्राफले अब यहाँका नागरिकहरुले मुल्याङकन गर्ने बेला आएको भन्दै आफूलाई जिताएर मौका दिनुस्, कहिल्यै शिर झुक्ने काम नगर्ने आवश्सन दिए ।

Advertisement

मधेशको राजधानीलाई साटासाट गर्दै मुख्यमन्त्री बनेका लालबाबु राउतले साइकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरू मतदातालाई बुझाउँदै मुख्यमन्त्री राउतले मधेश मात्रै होईन वीरगंजको समेत शिर झुकाउने काम गरेको सर्राफले बताए ।

वीरगंजको मात्रै नभई पुरै मधेशकै विकासकै शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीमा कसरी विकास गर्न सकिन्छ भन्ने बारे आफूसंग ठोस योजना रहेको बताए । सर्वसाधारण गरिब, निमुखा परिवारको स्वास्थ्यसँग पनि खेलवाड गरिएको छ, गरिबहरुले सेवा पाउने नारायणी अस्पतालमा राजनीतिकरण भएको छ, यसको सुधार हुनुपर्छ, आफू पदमा नहुँदा सुधारको लागि ५ वर्षसम्म संघर्ष गरेको उदाहारण स्मरण गराउँदै सर्राफले आफू विजयी भए प्राइभेट अस्पतालबाट सरकारी अस्पतालमा सेवा लिन आउनेहरुको संख्या बढ्ने गरि सुधार गर्ने दाबी गरे ।

आफ्नो क्षेत्रमा पर्ने ९ वटा वडाका युवाहरुलाई प्रत्येक वर्ष १ हजारको दरले ५ वर्षमा ५ हजार बेरोजगार युवाहरुलाई निःशुल्क सिपमुलक तालिम दिइनेछ भन्दै लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई उपचार गर्नुका साथै सुधार गरि सिप सिकाई आत्मनिर्भर गराउने जस्ता सोच र भिजनको साथ अगाडि बढेको सर्राफको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *