वीरगन्ज । “१००’S ग्रुप अफ पर्सा” समाजिक संस्था दोस्रो वार्षिकोत्सब मनाएको छ । समाजिक कार्यमा निरन्तर खटिएको ग्रुप दोस्रो वर्षको यात्रा पार गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
ग्रुपले बिहान बारा जिल्ला कलैया उप-महानगरपालिका वडा नम्बर ४ मा रहेको अमृता अनाथ आश्रममा आश्रित रहेका ६ वर्ष देखि १८ वर्ष सम्मका १५ जना बालबालिकालाई जुत्ता, ज्याकेट, दुई सेट ब्याटमिन्टन, फुटबल, पेन, खाद्यान्न सामाग्री सहयोग गरि उनै बालबालिका संग केक काटी रमाइलो गर्दै वार्षिकोत्सब मनाएको छ ।
दिउसो वीरगन्ज पब्लिक कलेजको सभाहलमा आयोजना गरिएको कार्यक्रममा ग्रुपले विगतका दिनहरुमा गरेको कार्यको चर्चा गर्दै सहयोग गरेका व्यक्ति, संस्थालाई मायाको चिनो र प्रशंसा पत्र बाट सम्मान गरेको पर्साका संयोजक विकी सर्राफले बताए ।
वीरगन्ज महानगरपालिकाका उप- मेयर इम्तेयाज आलमको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विशिष्ट अतिथि युवा अभियन्ता दिलिप राज कार्की, राजन श्रीवास्व, नुतन सरावगी, अनिशकान्त कुश्वाहा र अतिथिमा विभिन्न संस्थाका प्रतिनिधि रहनुभएको थियो ।
ग्रुपका मधेस प्रदेशका संयोजक विनय गिरीको सभापतित्वमा भएको सो कार्यक्रममा ओम कुमार झा, किशन सरार्फ, पवन यादव, सुरज सर्राफ, सौर्य सरार्फ लगायतको उपस्थिति रहेको थियो ।







