पर्सा । ब्राजिल हेयर केराटिन क्यारोलेन प्रोफेसन मेकअप सम्बन्धी एक दिने सेमिनार आयोजना गरिएको छ ।
न्यू मनोकामना जेनरल स्टोरको आयोजना तथा नेपाल ब्युटिसियन यूनियन पर्सा र राष्ट्रिय सौन्दरियकर्मी यूनियनको सहआयोजनामा गरिएको सेमिनारमा एक सय ५० जना भन्दा वीरगञ्जका ब्युटिसियनहरुको सहभागिता रहेको थियो ।
सेमिनारमा सहभागीहरुलाई अन्तराष्ट्रिय हेयर टेक्निसियन जिग्मी शेर्पाले हेयरमा गरिने केराटिन ट्रिटमेन्ट सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो भने लस्ता रंजितकारले मेकअप सम्बंधी तालिम प्रदान गर्नुभएको थियो ।
पछिल्लो समय वीरगञ्जमा महिलाहरुको यस पेशाप्रति आकर्षण बढ्दै गइरहेको हुँदा व्यवसायिक रुपले अघि बढोस् भन्ने उदेश्यका साथ सेमिनारको आयोजना गरिएको न्यू मनोकामना जनरल स्टोरका सञ्चालक सज्जन अग्रवालले जानकारी दिनुभयो ।
आधुनिक युगमा फेसनको बढ्दो प्रतिष्पर्धा भइरहेको अवस्थामा यो कार्यक्रमबाट सेवा ग्राहीहरु अझ बढी लाभान्बीत हुने बरिष्ठ ब्युटिसियन गुड्डी जोशीले बताउनु भयो ।
उहाँले वीरगञ्जमा ब्यूटिसियन सम्बन्धी तालिम बारम्बार हुने भएपनी अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुद्वारा प्राप्त हुने तालिमले पुरानाका साथै यस पेशामा आबध भएका नँया ब्यूटिसियनहरुलाई अझ बढी व्यवसायिक हुन प्रेरित गर्ने बताउनु भयो ।
उक्त सेमिनारमा पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, प्रणय कुमार, मुस्कान श्रेष्ठ, कबिता खडका, आनन्द पटेल लगायतले सेमिनारको प्रभावकारीताका बारेमा चर्चा गरेका थिए । संभार







