Categories प्रविधि विदेश समाचार

ट्विटरमा अकाउन्ट भेरिफिकेसन ब्लु टिकका लागि भुक्तानी बन्द

Advertisement

वीरगन्ज । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट ट्विटरले ट्विटरमा अकाउन्ट भेरिफिकेसन ब्लु टिकका लागि मासिक ८ डलर लिन बन्द गरेको छ ।

अमेरिकी खर्बपति व्यापारी एलन मस्कले ट्विटर किनेयता उनले गरेको ठूलो फैसला कम्पनीले फिर्ता गरेको यो पहिलो पटक हो । मस्कले गत हप्ता मात्रै ब्लु टिकको लागि भुक्तानी लिने नयाँ नियम शुरु गरेका थिए । तर हालका लागि सो नियम रोकिएको छ ।

Advertisement

ब्लु टिक सब्सक्रिप्शन लागू भएपछि कयौं ब्रान्डका नक्कली खाता बनेका थिए भने कम्पनीले ति खातालाई ब्लु टिक पनि दिएको थियो । फलतः नक्कली खाता पनि असली जस्तै देखिन थालेका थिए । 

Advertisement

मस्कले ट्विटर किन्नु अगाडि ब्लु टिक सेलिब्रेटी, पत्रकार तथा नेताहरुले मात्रै पाउँथे । तर मस्कले कम्पनीको आय बढाउन नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक लिन सक्ने बनाए ।

पैसा तिरेर ट्विटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग भयो । अमेरिकी फर्मा कम्पनी एली लिली एण्ड कम्पनीको नक्कली खाता बनाएर कसैले ब्लु टिक लियो अनि कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध भन्ने ट्विट गर्यो । आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्विट गरेपछि कम्पनीले सार्वजनिक रूपमा माफी नै माग्यो । 

ब्लु टिक पाएका अन्य कम्पनीहरुको नक्कली खाता पनि भेटिएका छन् । यसमा जापानी गेम निर्माता निन्टेन्डो र बेलायती तेल कम्पनी बीपी पनि छन् । यो घटनापछि ट्विटरबाट गलत सूचना फैलने क्रम बड्ने हो कि भन्ने चिन्ता बढाएको छ । यो घटनाको प्रभावले शुक्रबार बजार बन्द हुँदा ट्विटरको शेयर मूल्य ४ प्रतिशतले घटेको थियो । मस्कले गएको महीना मात्रै ४४ अर्ब डलरमा ट्विटर किनेका थियो ।

कम्पनी आफ्नो मुठ्ठीमा आएपछि मस्कले कयौं हेरफेर गरेका छन् । उनले कम्पनीबाट झन्डै ३ हजार ७०० कर्मचारीलाई कामबाट निकालेका थिए । कम्पनी टाट नै पल्टिने भन्दै मस्कले चेतावनी पनि दिइरहेका छन् । 

अगाडि बाटो कठिन भएको अनि सफलताका लागि अथक मेहनत जरुरी हुने भन्दै उनले बाँकी कर्मचारीलाई इमेलमा चेतावनी समेत दिएका थिए । डिजिटल विज्ञापन बजारमा कमी आइरहेकै समयमा कम्पनीको विज्ञापन आम्दानी घटेको थियो ।

मस्क आएयता कम्पनी कुन दिशातिर उन्मुख होला भन्ने अनिश्चियबीच ठूला ब्रान्ड र विज्ञापन कम्पनीहरुले ट्विटरमा विज्ञापन दिन बन्द वा कटौती गरेका छन् । यस्तोमा ट्विटर चलाउन सक्ने मस्कको क्षमतामाथि नै प्रश्न गर्न थालिएको छ । एजेन्सी  

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *