वीरगन्ज । शिखर इन्स्योरेन्सले आफ्नो १८ औं वाषिर्कोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि मनाएको छ ।
रक्तदान कार्यक्रम शिखर इन्स्योरेन्सको बिरगंज मधेस प्रदेश प्रमुख सुरेस चन्द गुप्ताको सभापतित्वमा भएको हो भने प्रमुख अतिथि इन्स्योरेन्सका महाप्रबन्धक पुष्कर महत रहनु भएको थियो ।

रक्तदान कार्यक्रममा १ महिला सहित ५३ जना रक्तदाताले रगतदान गरेका थिए । रक्तदान गर्नेहरुलाइ प्रमाणपत्र सहित प्रोत्साहित गर्ने कार्य अतिथी नितेस दास, काजल ढुङेल, चन्दन श्रीवास्तव लगायतले गरेका थिए ।
कार्यक्रममा श्रीराम पटेल, ब्रीजेस यादव, पवल साह तेलि, चन्दन श्रीवास्तव, मुकेस गिरि, रोशनी कर्ण, सानू बैठा, राजेस कुमार सहनी लगायत पन्टर ११ क्रीकेट टिम, बिमा प्राधिकरण कर्मचारी र अन्य बैक तथा इन्स्योरेन्सका कर्मचारीहरुले रगतदान गरेका छन भने रक्तसञ्चार केन्द्रबाट सौरभराज पाण्डेयको टोलिले प्राबिधिक सहयोग गरेको रेडक्रसका राजन श्रीवास्तवले जानकारी गराए ।







