Rato Pana
राजनीति

पर्सा क्षेत्र नं. ४ मा डाक्टर यादवको लोकप्रियता बढ्दै ।

पर्सा । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पर्सा क्षेत्र नं. ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

उक्त क्षेत्रबाट बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रमेश रिजाल, जसपा एमाले गठबन्धनबाट जालिम मियाँ र जनमत पार्टीबाट डाक्टर अजय कुमार यादव प्रतिनिधी सभाको चुवानी मैदानमा छन् । तिनवटै नेता मध्ये शिक्षित, सुयोग्य युवा डाक्टर अजय यादवलाई त्यस क्षेत्रका मतदाताहरुले बढि रुचाएका देखिएको छ ।

यहाँबाट दुई पार्टीका अग्रज नेता सहित चुनावी मैदानमा आएका शिक्षित र सबल युवा डाक्टर यादव रहेकोले सबैको चासो र चर्चाको विषय बनेका छन । डाक्टर यादवले पहिलो पल्ट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका नेता रिजाल र एमालेका नेता मियाँ कयौ पटक उम्मेदवारी दिएका थिए र जितेर पनि त्यस क्षेत्रमा विकास निर्माणको कार्य जनताको चाहना बमोजिम गर्न गराउन नसकेकोले यस पाली डाक्टर यादवको पलरा भारी देखिएको छ ।

घरदैलो कार्यक्रममा डाक्टर यादवको साथमा त्यस क्षेत्रका बुद्धिजीवी, भरभलादमी र युवा पिढीले हर्षोउल्लासका साथ मतदाताहरुको घर घर पुगि जनतालाई डा. यादवलाई जिताउनका लागि कम्मर कसेर लागेका छन् ।

डा. यादवले जनताको लागि जनताकै चाहना अनुसार विकास निर्माणका कार्य तथा शैक्षिक संस्था लगायत कृषि तथा यातायात सम्बन्धि कार्यलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

सम्वन्धित समाचार

Leave a Comment