वीरगन्ज । डि.ए.भी.आर.बी. केडिया विद्यालय द्वारा संचालन श्री शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिताको नगर प्रमुख राजेशमान सिंहद्वारा एक समारोहका विच समुद्घाटन भएको छ ।

डिएभी स्कुलको प्राङ्गणमा केडिया परिवारका अग्रज सुनिल केडियाको अध्यक्षतामा सो कार्यक्रम संचालन गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका सह अध्यक्ष डा. बिजय अग्रवाल , विद्यालय व्यवस्थापनका सौरभ केडिया, भिखमचन्द अग्रवाल, अतिथिहरुमा पशुपति विक्रम शाह, मधु राणा, उषा राणा, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, सञ्चारकर्मी तथा
सहयोगी संस्थाका सदस्यहरुको उपस्थिति रहेका थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयको प्रधानाध्यापक राकेश
मिश्चाले दिनुभएको थियो भने शिक्षिका सुशिला शेर्पाले स्व.शंकरलाल केडियाको जिवनीमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम संचालन शिक्षिका मेघा दाधिचले गर्नु भएको थियो ।हिजो भएको पहिलो खेलमा लोटस एकेडेमी सिमराले डि.ए.भी.
स्कृललाई १५ गोलको विरुद्ध १ गोलले हराएको थियो ।
उक्त खेलमा लोटस एकेडेमीका दिल कुमार बि.क.ले म्याद
अफ दि म्याचको पुरस्कार पाएका थिए । हिजै भएको दोश्रो खेलमा न्य् एकता स्कूल सिमराले लिटिल फ्लावर स्कूल परवानीपुरलाई ७ को विरुद्ध १ गोलले पराजित गरेको थियो ।
सो खेलमा न्यू एकता स्कुलका कौशव श्रेष्ठले म्याद अफ द म्याच को उपाधि पाएका थिए आजको पहिलो खेल जि.एच.पी. स्कुल र साउथ जोन स्कुल विचमा हुने छ भने दोश्रो खेल मनकामना मा.वि. तथा जीवन ज्योति मा.वि. बिचमा हुने छ।







