Categories समाचार समाज

जुनियर शिक्षक मतदान अधिकृत, दलित भएकै कारण टेक बहादुर कामीलाई नबनाएको आशंका

वीरगञ्ज । पर्साको पकाहमैनपुर गाउँपालिकास्थित श्री रामचरित्र भगत माविका सहायक प्रधानाध्यापक टेक बहादुर कामीले आफुमाथि अन्याय भएको बताएका छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आफुभन्दा जुनियर शिक्षकहरुलाई मतदान अधिकृत बनाउँदा आफुलाई नबनाएर अन्याय भएको बरिष्ठ शिक्षकसमेत रहेका उनले बताए ।

Advertisement

उनीभन्दा जुनियर ३ जना जना शिक्षक मतदान अधिकृत बन्दा आफुमाथि विभेद भएको उनको ठम्याई छ । उनीभन्दा जुनियर शिक्षक रमेश कुमार मण्डल, रामादेश प्रसाद चौहान, माविका राहत शिक्षक अर्जुन प्रसाद चौहान मतदान अधिकृत बनेका छन् ।

Advertisement

आफुलाई नबनाइएकोमा असन्तुष्टी जनाएका बरिष्ठ शिक्षकसमेत रहेका उनले विद्यालयसँगै सम्बन्धीत निकायलाई कारवाही गर्न पनि माग गरेका छन् । उनी दलीत भएकै कारण उनलाई नराखेर उनीभन्दा जुनियर अरु ३ जनालाई राखिएको हुन सक्ने अनुमान गरिएको छ । उनी विद्यालयका सहायक प्रधानाध्यापक एवम् बरिष्ठ शिक्षक हुन् ।

यही विद्यालयमा यसअघि पनि एकजना दलित समुदायकै सहायक प्रधानाध्यापकलाई प्रधानाध्यापक नबनाएर उनीभन्दा जुनियर शिक्षकलाई प्रधानाध्यापक बनाएको विषयले व्यापक चर्चा पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *