Categories समाचार

भारतबाट प्रवेश गर्ने पैदल यात्रुदेखि सवारी साधनको चेकजाँचमा कडाइ

Advertisement

वीरगञ्ज ।  छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको वीरगञ्जसहित पर्सा जिल्लामा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । 

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै यहाँको सुरक्षा सतर्कता बढाइएको हो । निर्वाचनलाई शान्तीपुर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । 

Advertisement

प्रहरी उपरीक्षक बस्नेतका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरीसहित लगभग ३३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । मुख्य गरी वीरगञ्ज बजार क्षेत्रमा गस्ती बढाइएको छ भने विभिन्न समयमा सुरक्षाकर्मीहरुले यहाँका टोलहरुमा गस्ती गरीरहेको बस्नेतले बताए । 

Advertisement

छिमेकी राष्ट्र भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको छ । 

विपद् व्यवस्थापन गुल्मका तालिम प्राप्त कुकुर, नेपाल प्रहरी र एवम् सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेका छन् । भारतबाट प्रवेश गर्ने पैदल यात्रुदेखि सवारी साधनको चेकजाँचमा कडाइ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले बताए ।

बिष्फोटक पदार्थ तथा साना हातहतियारको प्रवेश रोक्नका लागि निर्वाचनका अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनअनुसार सिमानाकामा सुरक्षा सर्तकता बढाइएको साथै चेकजाँच कडाई गरिएको मल्लको भनाई छ । वीरगञ्व रक्सौल नाकास्थित मितेरी पुल, शंकराचार्य गेट तथा छपकैया सिर्सिया छोटी भन्सार नाकामा तालिमप्राप्त कुकुर सहितको टोलिले चेकजाँच कार्य गरिरहेको मल्लले बताए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *