Categories समाचार

अहिलेका स्वतन्त्र उमेदवार “बरमझियाका पेडा” जस्तै

Advertisement

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ। यहाँ रहेका दर्जनौं पसलमध्ये सबैले आफू ‘असली वैजनाथ’को पेडा भन्ने दाबी गर्दा ग्राहक अलमलमा पर्छन्। मंसिर ४ को निर्वाचनमा उम्मेदवारी दिएका स्वतन्त्रले पनि आफू चाहिँ ‘असली स्वतन्त्र’ भन्ने दाबी गर्दा थुप्रै मतदाता अन्योलमा परेका छन्।

‘अहिलेका स्वतन्त्र ‘बरमझियाका पेडा’जस्तै भएका छन्,’ काठमाडाैँ १ बिजुलीबजारका अनिल श्रेष्ठले भने, ‘कुनचाहिँ ‘असली स्वतन्त्र’ हो छुट्याउनै मुस्किल छ।’ उनको निर्वाचन क्षेत्रमा ११ स्वतन्त्र उम्मेदवार रहेका छन्। कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेलले उम्मेदवारी दिएको यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत प्रतिस्पर्धामा रहेकाले उनी थप अन्योलमा छन्। ‘खासमा हामीले परिवर्तन खोजेका हौं,’ उनले भने, ‘तर सबै स्वतन्त्रबीच नै प्रतिस्पर्धा देखिएका कारण निराश छौं।’

Advertisement

उनले भनेजस्तै देशका अन्य क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवार सक्रिय रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्। स्थानीय निर्वाचनमा कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेकाले स्वतन्त्र बन्ने होडबाजी नै चलेको छ। स्वतन्त्रको लहर कस्तोसम्म रह्यो भने स्वतन्त्र पार्टीसमेत खडा भयो। ‘आफू परम्परागत दलभन्दा फरक हुँ भन्नलाई दल दर्ता गरेकाले पनि स्वतन्त्र भन्न थालेका छन्,’ वीरगन्ज–३२ का फरियाद अन्सारी भन्छन्, ‘स्वतन्त्र बन्ने होडबाजीमा फेरि पनि परम्परागत दल हाबी हुने संकेत देखिएको छ।’ पर्सा १ मा स्वतन्त्र उम्मेदवारको संख्या ११ छ।

Advertisement

याे खबर नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *