Categories समाचार

महानगर भित्रै मेयर सिंहको छड्के, सेवाग्राहीको काममा आनाकानी गर्ने कर्मचारीलाई कडा निर्देशन

Advertisement

श्याम सरार्फ

पर्सा । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले वीरगन्जमा परिवर्तनको अनुभुती गराउन विगतमा सुस्त गति, सेवाग्राहीको काममा आनाकानी र हैरान गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पटकपटक छड्के अनुगमन गरेको देखिन्छन् ।

Advertisement

हिजो महानगरको स्वास्थ्य शाखाले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी हुन पुगेका मेयर सिंह अचानक हरेक फाटमा घुम्न थाले सोही क्रममा समयमा नआउने कर्मचारी, आएर पनि मोबाइलमा व्यस्त देखिएका र विभिन्न बहाना बनाइ सेवाग्राहीलाई अलझाएका लाई तत्काल जवाफ दिन लगाइ आइन्दा यस्तो नगर्न नगराउन निर्देशन दिएका थिए ।

Advertisement

जनताले काम गर्न नेतृत्वमा आफुलाइ चुनेको भन्दै मेयर सिंहले “मेरो कामले वीरगन्जवासीले महानगरमा परिवर्तनको अभाष नगरे सम्म कुनै कर्मचारीलाई आनाकानी गर्न छुट दिइने छैन” ।

फाटहरुमा काम गराउन आएका सेवाग्राहीहरु संग कुरा गर्दै मेयर सिंहले तिनका समस्या र कर्मचारीहरुले दिएको सेवा बारे जानकारी लिए ।  कुनै समस्या भए मसंग सिधा सम्पर्क गर्न मेयर सिंहले अनुरोध गरेको स्वकीय सचिव सत्यराज धिमिरेले बताए ।

समय समयमा मेयर सिंहले गरेको छड्के अनुगमनले लापरबाही, सेवाग्राहीलाई घुमाउने कर्मचारीको बानीमा सुधार आउने र विगतका दिनहरूमा आफैं खुसी गरेको मनोमानी अब नचल्ने भन्दै त्यहाँ रहेका सेवाग्राहीले मेयर सिंहको प्रशंसा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *