वीरगन्ज । धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ ।
वृद्ध असक्तहरूको परिवार बाहेकका एउटै व्यक्तिले दुई/तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको हो ।
बटेश्वर गाउँपालिका-१ बस्ने एमाले नेता उमेश महतोले एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई एमालेका एक कार्यकर्ताले धकेलेपछि विवाद भएको जानकारी दिए ।
विवादलगतै क्षेत्र नं. ४ (ख)का उम्मेदवारसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोलगायतका नेताहरू मतदान केन्द्र पुगेर विवाद समाधान गरेका थिए ।





