Categories समाचार

भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान गरिने

Advertisement

वीरगन्ज । दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्र भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको छ।

आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ग मा मतदान स्थगित भएको थियो।

Advertisement

दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो। ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भएको थियो।

Advertisement

मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले अब भोट हालेर गएकालाई फेरि बोलाएर १ बजेदेखि सुरू गरिने बताइन्।

फाइल फोटो
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *