Categories समाचार हाइलाइट-समाचार

पटका पड्केपछि स्थगित भएको बुढीगंगाकाे मतदान पुनः सुरु

Advertisement

काठमाडौं । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।

आइतबार बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएकाे थियाे । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

Advertisement

पटका पट्किएपछि अवरुद्ध भएकाे मतदान पुनः सुरु भएको माेरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । ‘केही समय मतदान अवरुद्ध भएको थियाे,’ उनले भने, ‘सबै क्लियर गरेर मतदान सुरु गरेका छाैं ।’

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *