Categories समाचार

बाजुरामा मतपेटिकामा आगजनी

Advertisement

वीरगन्ज । बाजुरामा मतपेटिकामा आगजनी भएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ‘क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो। 

Advertisement

आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो। 

Advertisement

कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताए।

आगो लागेपछि पानी हालेर निभाइएको उनले बताए। 

‘मतपेटिकामा सामान्य क्षति भएको छ, मतपत्रमा भने क्षति भएको छैन, सामान्य भिजेको छ, निर्वाचन अधिकृतले के गर्ने भनेर निर्णय गर्नुहुन्छ,’ उनले भने। 

निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउने उनले बताए।

कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *