Categories समाचार

अपरान्ह ३:३० बजेसम्म १५ केन्द्रका मतदान स्थगित : निर्वाचन आयोग

Advertisement

वीरगन्ज । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ।

अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ।

Advertisement

यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य  पुन सुरू गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ।

Advertisement

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *