Categories समाचार

मतदानको घोषित समय सकियो, १५ स्थानमा मतदान कार्य स्थगित

Advertisement

काठमाडौं: मतदानको घोषित समय सकिएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचन आयोगले मतदानको समय तोकेको थियो । सोही अनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो । 

निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान अझै जारी छ । देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ । 

Advertisement

बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्‍द्र, आन्तरिक विवादले केहीबेर मतदान स्थगित भएका केन्द्र तथा ५ बजेभित्र केन्द्र आइपुगेका मतदाताले मत हाल्न नसकेसम्म मतदान जारी रहने आयोगले जनाएको छ । 

Advertisement

मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *