Categories समाचार

पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न, ५२ प्रतीशत मत खसेको प्रारम्भिक अनुमान

Advertisement

वीरगञ्ज । पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

पर्सामा प्रतीनीधी सभा र प्रदेश सभातर्फको निर्वाचनमा ५२ प्रतीशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन् ।

Advertisement

निर्वाचन आयोगले तोके अनुसार आज विहान ७ बजेदेखी साँझ ५ बजेसम्म ५२ प्रतीशत मत खसेको प्रारम्भिक अनुमान गरीएको उनले बताए । पोखरेलका अनुसार पर्साका १६९ मतदान स्थल र ४१४ मतदान केन्द्रको यकिन तथ्यांक आउन केही समय लाग्ने बताए ।

Advertisement

पर्सामा ४ प्रतीनिधी सभा र ८ प्रदेश सभा सदस्यका लागि आज भएको मतदानमा प्रतीनीधी सभा सदस्य तर्फ ५३ र प्रदेश सभा सदस्य तर्फ १ सय ८ जनाले उम्मेवारी दर्ता गराएका हुन् ।

पर्सामा ३ लाख ४५ हजार मतदाता रहेका छन् ।

पर्सामा मतगणनाका लागि २ वटा स्थान तोकीएको छ । पर्सा क्षेत्र नम्बर १ र २ को लागि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र पर्सा क्षेत्र नम्बर ३ र ४ का लागि पोखरीया हाईस्कुल तोकीएको पोखरेलले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *