Categories समाचार

मतपेटिका खोस्न खोज्दा गोली चल्यो, एकको मृत्यु तीन घाइते

Advertisement

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाट्यस्वरी आधारभूत विद्यालय दम्था मदतान स्थलमा मतपेटिका खोस्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। 

गोली लाग्दा २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो। घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी र प्रहरी हवल्दार कृष्ण कुँवर घाइते भएका हु्न्। 

Advertisement

घाइतेलाई अहिले नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सूर्य थापाले बताए। 

Advertisement

एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको प्रहरी प्रमुखले बताए। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *