वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ र २ काे मतणना सोमवार ( भाेलि) बिहान १० बजेदेखि हुने भएको छ ।
आइतवार दिनभरी मतदानमा खटिएको र अहिले पनि मतपेटिकाहरु मिलाउनुपर्ने भएका कारण भोली बिहान १० बजेदेखि मतगणना शुरु हुने स्रोतले जनाएको छ ।
पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुनेछ । अहिले पनि विभिन्न मतदानस्थल एवम् मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।
सबै ल्याइसकेपछि भोलीदेखि मतगणना शुरु हुने स्रोतले जानकारी दिएको हो ।
पर्साको क्षेत्र नम्बर ३ र ४ को मतगणना भने जिल्ला उच्चांगल मावि पोखरियामा हुनेछ ।






