पर्सा । वीरगञ्जमा आज बिहान १० बजेदेखि मतगणना हुने भएको छ ।
मतगणनाका लागि बिहान ८ बजे बसेको सर्वदलीय बैठकले १० बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोख्रेलले जानकारी गराए ।
आइतवार दिनभरी मतदानमा खटिएको र रातिसम्म मतपेटिकाहरु मिलाउनुपर्ने भएका कारण आज बिहान १० बजेदेखि मतगणना शुरु हुने जनाइएको छ ।
पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुदैछ ।





