Categories समाचार हाइलाइट-समाचार

पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना स्थल ठाकुरराममा मतगणना सुरु

Advertisement

पर्सा । वीरगञ्जमा आज बिहान १० बजेदेखि मतगणना सुरु गर्ने भनिएपनि लगभग १ बजे सुरु भएको छ ।

मतगणनाका लागि बिहान ८ बजे बसेको सर्वदलीय बैठकले १० बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोख्रेलले जानकारी गराएका थिए ।

Advertisement

आइतवार दिनभरी मतदानमा खटिएको र रातिसम्म मतपेटिकाहरु मिलाउनुपर्ने भएका कारण आज बिहान १० बजेदेखि मतगणना शुरु हुने जनाइएको थियो ।

Advertisement

सर्वदलीय बैठक सम्पन्न भएसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट मत गणना शुरु गरिएको हो । जुन वडामा क्षेत्र नम्बर १ कै सबैभन्दा धेरै मत खसेको छ । त्याहाँ ५ हजार १ सय ९४ मत खसेको प्रमुख निर्वाचन अधिकृत बिनोद प्रसाद पोखरेलले जानकारी दिए । 

पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुदैछ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *