Categories समाचार हाइलाइट-समाचार

पर्सा : २ वटा क्षेत्रको मतगणना शुरु, कहाँ कहाँको मतपेटिका खुल्यो ?

Advertisement

वीरगञ्ज ।  पर्साका २ वटा क्षेत्रको मतगणना शुरु भएको छ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसस्थित मतगणनास्थलमा सर्वदलीय बैठक सम्पन्न भएसँगै दुवै क्षेत्रको मतगणना शुरु गरिएको हो । 

क्षेत्र नम्बर १ अन्र्तगत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को मत पेटिका खोलिएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ को मतपेटिका खोलिएको हो । 

Advertisement

क्षेत्र नम्बर १(क) को चोर्नि र १(ख) मा नगवाको मतपेटिका खोलिएको छ भने क्षेत्र नम्बर २ तर्फ २ (क) मा पर्सागढी नगरपालिका वडा नम्बर १ र क्षेत्र नम्बर २ को र ख को बहुदरमाई नगरपालिकाको वडा नम्बर २ को मतपेटिका खोलिएको प्रमुख निर्वाचन अधिकृत बिनोद प्रसाद पोखरेलले जानकारी दिए । 

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *