सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतको अग्रता कायमै रहेको छ । उनले अहिले फराकिलो मतान्तरले ‘लिड’ गरिरहेका छन् ।
पछिल्लो समय यहाँ २५ २१ मत गणना भएको छ । जसमा सीके राउतले १६३४ मत प्राप्त गरेका छन् । लोसपाले ४९१ मत प्राप्त गरेको छ ।
त्यस्तै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत प्राप्त गरेका छन् ।





