वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पहिलो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले निक्कै फराकिलो अग्रता अग्रता लिएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, १७५७ मत गनिसक्दा स्वतन्त्र उम्मेदवार अन्सारी.ले ७५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।
दोश्रो स्थानमा रहेका यस्तै माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ५०४, मत , एमाले उम्मेदवार विचारी यादवले ११४ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपा उम्मेदवार अनिल कुशवाहाले १०७ मत , नेपाल संघीय समाजवादी पार्टीका स्वतन्त्र उम्मेदवार सोयब अन्सारीले पनि १०५ मत पाएका छन् ।







