Categories समाचार हाइलाइट-समाचार

पर्सा २ (क) को प्रदेशसभा सदस्यमा काँग्रेसका पटेलको अग्रता कायमै

Advertisement

वीरगन्ज । पर्सा क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार श्याम पटेलले अग्रता कायम राखेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार, २८२० मत गनिसक्दा सत्ता गठबन्धनका साझा उम्मेदवार पटेलले १०९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।

Advertisement

दोश्रो स्थानमा रहेका जसपाका उम्मेदवार रामनरेश प्रसाद यादवले ८८१ मत प्राप्त गरेका छन् । यादव भन्दा पटेल २०९ मतले अगाडि छन् । राप्रपाका उम्मेदवार हरि प्रसाद चौधरी ३९० मतका साथ तेश्रो स्थानमा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *