Categories समाचार

पर्सा १(ख) मा मुख्यमन्त्री गद्धी ४९० मतले अगाडि

Advertisement

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ को (ख) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मुख्यमन्त्री एंव जसपाका प्रदेशसभा सदस्य उम्मेदवार मो. लालबाबु राउत गद्धीले अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाको ३६२६ मत गनिसक्दा गद्धीले १३०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।

Advertisement

दोश्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीले ८१२ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा गद्धी ४९० मतले अगाडि छन् । तेश्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका उम्मेदवार ओम प्रकाश सर्राफले ५०१ मत पाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *