Categories समाचार हाइलाइट-समाचार

पर्सा १ मा प्रदीप यादव अगाडि , द्धिवेदी ५३२ मतले पछाडि

Advertisement

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव.ले अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, ३६३३ मत गनिसक्दा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवलले १८०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।

Advertisement

दोश्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले १२७६ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका यादव , द्धिवेदी भन्दा ५३२ मतले अगाडि छन् ।

Advertisement

यस्तै राप्रपाका उम्मेदवार किरनमान डंगोल २२० मतका साथ तेश्रो स्थानमा छन् । सत्तागठबन्धनबाट लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्णले भने ५० मत मात्रै पाएका छन् ।

पर्सा क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ९ सय ३३ रहेकोमा आइतबार भएको निर्वाचनमा ५१ हजार ३ सय ७९ मत खसेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *