Categories हाइलाइट-समाचार

पर्सा : प्रतिनिधिसभामा पहिलो जित पनि कांग्रेसको नाम, जालिमलाइ हराएर रमेश विजयी

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् ।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका रिजालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँलाई फराकिलो मतान्तरका साथ पराजित गर्दै निर्वाचित भएका हुन् ।

Advertisement

रिजालले ३१ हजार १ सय ४२ मत प्राप्त गर्दै निकटतम प्रतिष्पर्धी मियाँलाई ५ हजार ५ सय २७ मतको ठूलो अन्तरले पराजित गरेका छन् । मियाँले २५ हजार ६ सय १२ मत प्राप्त गरेका छन् ।

Advertisement

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजाल २०७४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए । राजपाका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गर्दा रिजालले १४ हजार ७ सय २ मत मात्र प्राप्त गरेका थिए ।

निर्वाचन अधिकृतको कर्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ ले उपलब्ध गराएको तथ्यांकका अनुसार खसेको कुल ६२ हजार ४ सय ९६ मत गणना गर्दा २ हजार ५ सय २८ मत बदर भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *