वीरगन्ज । नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अंसारी पर्सा निर्वाचन क्षेत्र १ (क ) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
अन्तिम नतिजा सम्म कुल मत २८२७३ मा माओवादीमका अंसारी ७ हजार ८ सय १७ मत प्राप्त गरि विजयी भएका छन् ।
अंसारी का निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ५ सय १९ मत ल्याएका हुन ।
अंसारी २ हजार २ सय ९८ बढी मत सहित जित हात पारेका हुन । त्यसैगरी जसपा बाट स्वतन्त्र उम्मेदवारी दिएका जन्नत अंसारी ५ हजार २ सय ८६ मत ल्याएर तेस्रो भएका छन् । जन्नत पछिल्लो प्रदेशसभा सदस्य थिए । जसपा बाट टिकटको प्रत्याशी रहेका उनी पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
नेपाली कांग्रेसबाट टिकटको आश राखेका सुधीर पटेल पनि टिकट नपाएर स्वतन्त्र उमेदवारी दिएका थिए । रिक्सा छाप चुनाव चिन्ह पाएका उनी ४ हजार ५४ मत प्राप्त गरेर चौथो स्थानमा छन् ।







