Categories समाचार

घन्टी चिह्न पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खाता खोल्यो

Advertisement

वीरगन्ज । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्।

उनी निर्वाचित भएसँगै घन्टी चिह्न पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ। उनी १० हजार १ सय ५ मतले विजयी भएका हुन्।

Advertisement

विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए।

Advertisement

उनका निकट प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मतले दोस्रो स्थानमा छन्।

नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो भएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *