Categories समाचार हाइलाइट-समाचार

पर्सा : २ (ख) बाट प्रदेशसभा सदस्य पदमा कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

बुधबार वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न पर्सा-२(ख) को मतगणनाको अन्तिम परिणाम आउँदा कुर्मी आफ्ना निकटतम प्रतिष्पर्धीलाई २५ सयभन्दा पनि बढी मतको अन्तरले पछाडि छोड्दै पुन: निर्वाचित भएका हुन् ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सा निर्वाचन क्षेत्र नम्बर २ ले उपलब्ध गराएको मतपरिणामको नतिजा अनुसार कुर्मी आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहभन्दा २६ सय ३७ मत बढी ल्याएर निर्वाचित भएका छन्  ।

Advertisement

कुर्मीले ९ हजार ४ सय ७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सिंहले ६ हजार ८ सय ३४ मत मात्र प्राप्त गरेका छन् । ३ हजार ७ सय ९० मत ल्याएर नेकपा एमालेका हरेराम पटेल तेस्रो स्थानमा रहेका छन् भने २ हजार ८ सय ३६ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमानन्द साह कानु चौथो भएका छन् । 

पाँच दलीय गठबन्धनको तर्फबा साझा उम्मेदवार रहेका कुर्मी यसअघि पनि पर्सा-२(ख) बाट तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । कुर्मीले यसअघि ९ हजार ७ सय ६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका रामरूप कुर्मीलाई पराजित गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *