Categories समाचार हाइलाइट-समाचार

मुख्यमन्त्री राउत फेरि निर्वाचित, काँग्रेसका कुर्मी १३३३ मतले पराजित

Advertisement

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धी पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएका छनर ।

पर्सा क्षेत्र नम्बर १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत ७ हजार ५ सय ४५ मतका साथ पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement

मङगलबार अबेर राति घोषित मतगणनाको अन्तिम परिणाम अनुसार , राउत ७ हजार ५ सय ४५ मतका साथ निर्वाचित हुदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीले ६ हजार २ सय १२ मत पाए । राउत र कुर्मी बिचको मतान्तर १ हजार ३ सय ३३ रहेको छ ।

Advertisement

राप्रपाका उम्मेदवार विनय झाले २ हजार ८ सय ४१ मतका साथ तेश्रो स्थानमा रहे भने चौथो स्थानमा रहेका हाम्रो नेपाली पर्टीको चुनाव चिन्ह लौरो लिएर उम्मेदवार बनेका ओम प्रकाश सर्राफले २ हजार २९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार शशीकपुर मियाँले भने १ हजार ८० मत पाएका छन् ।

२०७४ को निर्वाचनमा राउत , यहि क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम( हालको जसपा) को उम्मेदवार बनेर ९ हजार ८ सय ४ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार विजय सर्राफले ६ हजार ८ सय २९ मत मात्रै पाएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *