Categories समाचार

पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिएर कलवार

Advertisement

वीरगन्ज । पर्सा क्षेत्र नम्बर ४ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंहासन सा कलवार दोहोरिएर निर्वाचित भएका छन् ।

२०७४ को निर्वाचनमा त्यहि क्षेत्रबाट प्रदेशसभा निर्वाचित कलवार दोहोरिएर निर्वाचित भएका हुन् ।

Advertisement

मङगलबार राति ९ बजे घोषित मतगणनाको अन्तिम परिणाम अनुसार , कलवार १५ हजार ३ सय ८५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानु १२ हजार ६ सय ४१ मत पाएका छन् ।

Advertisement

कलवार र कानु बिचको मतान्तर २ हजार ७ सय ४४ रहेको छ । सत्तागठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शेख चाँद तारा भने १ हजार ७ सय ६५ मतका साथ तेश्रो स्थानमा सिमित भएकि छन् ।

गत निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को (ख) मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर जितेका कलवारले ११ हजार ७ सय ८ मत पाएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *