Categories समाचार हाइलाइट-समाचार

पर्सामा दोस्रो जित पनि कांग्रेसकै, एमालेका जिल्ला अध्यक्षलाई हराउँदै चौधरी निर्वाचित

Advertisement

वीरगञ्ज ।  पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले निकटम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश थारुलाई पराजित गर्दै निर्वाचित भएका हुन् । यही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुनः दोहोरिएका हुन् ।

Advertisement

उनले संविधान सभा सदस्यसमेत रहेका नेकपा एमाले पर्साका अध्यक्ष २ हजार ३४ मतले थारुलाई पराजित गरेका हुन् । चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुँदा थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।

Advertisement

योसँगै पर्सा जिल्लामा २ वटा प्रदेश सभा कांग्रेसले हात पारेको छ । यसअघि पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसकै श्याम पटेल निर्वाचित भइसकेका छन् ।  

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *