Categories समाचार हाइलाइट-समाचार

पर्सामा काँग्रेसले खोल्यो जितको खाता, प्रदेशसभा सदस्यमा पटेल निर्वाचित

Advertisement

वीरगन्ज । पर्सामा नेपाली काँग्रेसले पहिलो जितको खाता खोलेको छ ।

पर्सा क्षेत्र नम्बर २ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार श्याम पटेल निर्वाचित भएका हुन् ।

Advertisement

मंगलबार साँझ पर्सा २ (क) को सकिएको मगणनाको अन्तिम परिणाम अनुसार , निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पछि पार्दै पटेल प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

Advertisement

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका पटेलले १३ हजार ७ सय ८४ मत पाएका हुन् । जसा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार १ सय १७ मत मात्रै पाएका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित पटेल , नेपाली काँग्रेस पर्साका पूर्व जिल्ला सचिव पनि हुन् ।

काँग्रेसको जिल्ला अधिवेशनमा उनि , जिल्ला सभापतिका प्रत्याशी समेत थिए । पटेल , काँग्रेसमा नेत शेखर कोइराला समुह निकट छन् ।

पर्सा जिल्लामा ४ वटा प्रतिनिधीसभा सदस्य र बाँकी ७ वटा प्रदेशसभा सदस्य पदका लागि भने मतगणना जारी छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *