Categories समाचार समाज

हेल्प मधेशी संस्थाद्वारा शहिद परिवारलाई पसल सञ्चालन गर्न राहत सहयोग

वीरगन्ज । मधेश आन्दोलनका शहिद परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।

हेल्प मधेशी संस्थाले बुधबार एक कार्यक्रमको आयोजना गरी बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ का शहिद दिनानाथ साह गोढका पिता शिव पुजन साह गोढलाई नेपाली ५५ हजार बराबरको किराना पसल संचालनका लागि सामाजिक अभियान्ता प्रकाश प्रसाद थारुको सक्रियतामा सहयोग प्रदान गरिको जनाइएको छ ।

Advertisement

प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद पटेलले किराना पसलको रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

Advertisement

सो अवसरमा वडा नं.३ का वडा अध्यक्ष छोटे लाल प्रसाद कानु, लोसपाको क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता, एसका नेता बिश्वनाथ साह कानु, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक नरेन्द्र बोगटे, स्थानिय पत्रकार रामबाबु गुप्ता लगायतको सहभागीता रहेको थियो ।

सबै अतिथिहरुले शिव पुजन साह गोढको पसलबाट नगद खरीदारी गरि निरन्तर निगरानी सहित सहयोग जारी राख्ने बताएका हुन ।

हेल्प मधेशी संस्था नेपालबाट तेस्रो मुलुक जस्तै कतार, मलेशिया, कुवेत, जापान, भारतमा काम गर्दै आएको सहयोगी हाथहरुको संस्था हो । सो संस्थाले अभियानता प्रकाश थारु मार्फत मधेश आन्दोलनका शहित तथा घाईतेहरुको पक्षमा काम गर्दै आएको छ । प्रसौनी चौकमा भएको कार्यक्रमको सहजीकरण रेडियो नेपालका पर्सा संवादाता राजेन्द्र सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *