Categories समाचार

प्रतिनिधीसभा सदस्यमा चौरसिया भारी मतान्तरले निर्वाचित

Advertisement

वीरगन्ज । पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया भारी मतान्तरले निर्वाचित भएका छन् ।

पाँच दलीय गठबनधनका उम्मेदवार एंव काँग्रेस केन्द्रिय सदस्य चौरसिया निकटतम प्रतिस्पर्धी जसपा–एमाले गठबनधनबाट जसपाका उम्मेदवार सुरेन्द्र कुर्मी भन्दा ६ हजार ६ बढि मत प्राप्त गर्दै विजयी भएका हुन् ।

Advertisement

चौरसियाले २८ हजार ४ सय ५१ मत पाउदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन् ।चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित भएका हुन् । २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए ।

Advertisement

२०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित भएका थिए । त्यस बेला श्रीवास्तवले २१ हजार १ सय ६९ मत पाएका थिए भने दोश्रो स्थानमा रहेका चौरसियाले १९ हजार ७ सय ४ मत पाएका थिए ।
पर्सा २ को प्रतिनिधीसभा सदस्यमा राप्रपाका उम्मेदवार नरेश कुमार साहले २ हजार ७ सय ४१ मत पाएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *