वीरगन्ज । प्रतिबन्धित औषधीको १४,६०० क्याप्सुल सहित वीरगन्जमा एक किशोर पक्राउ परेका छन् ।
हिजो ( मंगलबार ) राति १२:३० बजे अस्थायी प्रहरी पोष्ट शिवपार्वती पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर १० बनारसी चोक बाट ती किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर १० बस्ने प्रभात साहका १८ वर्षिय छोरा अभय साह रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी गराए ।
सडकमा सवारी साधन तथा पैदल यात्रीहरुको चेकजाँच गर्ने क्रममा आकासे रंगको अनटेस्ट स्कुटीलाई रोकी सोधपुछ तथा साहको शरिर र स्कुटीमा लोड प्लाष्टिकको बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी सहित उनलाई पक्राउ गरिएको हो ।
प्रतिबन्धित teerwex-50 ( tramadol hydrochloride capsules ) लेखिएको औषधी १ पत्तामा १० वटा क्यापसुलको दरले १४६ वटा पत्तामा जम्मा १४६०० पीस क्याप्सुल फेला परेको हुदा उक्त प्रतिबन्धीत औषधी बरामद गरी साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी औषधी ब्यवस्था बिभाग शाखा कार्यालय बीरगंज पर्सामा दाखिला गरिएको समेत प्रहरी निरीक्षक सापकोटाले जानकारी गराए ।







