Categories समाचार

समानुपातिक मतमा एमालेको अग्रता कायमै

Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ ।

Advertisement

त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ ।

Advertisement

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार दुई सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख चार हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ४८ हजार दुई सय १७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *